चितवन, २३ चैत । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २५५५ नंको बसले ठक्कर दिँदा स्थानीयवासी ६० वर्षीय शंकर आलेकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासीले बसमाथि तोडफोड गरेका छन् । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । –रासस












प्रतिक्रिया