५ कार्तिक २०८३, बिहिबार

गौशालामा पहिलोपटक एटिएम सेवा शुरु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २३ चैत । महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले शुक्रबारबाट एटिएम सेवा शुरु गरेको छ ।

सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा २४ औँ घण्टा सञ्चालनमा रहने पनि उहाँले बताउनुभयो ।

गौशालामा एटिएम सेवा सञ्चालन गरिने यो पहिलो बैंकका रुपमा स्थापित भएको छ । प्रदेशसभा सदस्य भरत साहले सो सेवाको शुरुवात गर्नुभएको हो । प्रदेशसभा सदस्य साह यस शाखाको सेवाग्राहीसमेत रहेको बैंकले जनाएको छ । –रासस