काठमाडौँ, २३ चैत । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेनदार विद्यार्थीहरुलाई २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौँमा अध्ययनरत जेहेनदार तथा द्वन्द पिडित विद्यार्थीहरुलाई प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने बैंकले प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पुर्याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकप्रतिको सर्वसाधारणकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत बैकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भएको बैंकको दाबी छ ।
बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको बैंकले जनाएको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।















प्रतिक्रिया