५ कार्तिक २०८३, बिहिबार

जनता बैंकले एकै साथ ८ शाखाबाट कारोवार शुरु गर्‍यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ चैत । यस आर्थिक बर्षको सुरु देखिनै शाखाविस्तारमा निरन्तरता दिएको जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ नयाँ शाखाबाट कारोवार सुरु भएको छ ।

रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा, टिकापुर शाखा, टिकापुर न.पा. १, कैलाली, वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जा, महाराजगंज शाखा, काठमाडौं महानगरपालिका ३, काठमाडौं, ग्वार्को शाखा, ललितपुर महानगरपालिका ८, ललितपुर, नयाँमिल शाखा, तिलोतमा न.पा. ५, रुपन्देही, दुम्किबास शाखा, बिनयीत्रिवेणी गाउँपालिका १, नवलपरासी र भुरीगाउँ शाखा, ठकुरबाबा न.पा.वडा नं. १, बर्दियाबाट सेवा शुरु भएको हो ।

रामपुर, टिकापुर र वालिङ शाखाको कारोवार गएको १५ गते देखि र बाँकि ५ शाखाको कारोवार चैत्र १६ गते देखि शुरु गरिएको हो । यस सगै बैंकको शाखा संख्या १०६ पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट बोनस शेयर वितरणगरे पश्चात चुक्ता पुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ । यस सँगै राष्ट्र बैंकले तोकेको पुँजीसिमा पुरा भइसकेको कम्पनी सचिव विश्व सुवेदी बताए ।