२२ कार्तिक २०८३, आइतबार

कपिलवस्तुको यो बस्तीमा बन्दैछ नमुना होमस्टे

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, २३ चैत । जिल्लाको चन्द्रौटा वजार वाट करिव २० किलोमिटर दक्षिण पश्चिममा रहेको अति विकट बस्ती हो जौवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारु समुदाय मानिसहरु बस्ने गर्दछन । आजभन्दा करिव २ वर्ष अगाडी यो गाउँमा कुनै सेवा सुविधा थिएन ।

पछिल्लो समयमा भने केहि फरक देखिन्छ । सडकमा मोटरवाइक, ट्याक्टर लगायतका सवारी हिडेको हुन्छन । खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ, यस गाउँका बालबालिकाहरु पढनको लागि पनि विद्यालयको व्यावस्था रहेको छ । तर, यो बस्तीमा पुग्न दुई वटा खोलामा पुल नहुदा वर्खाको समयमा झलुङ्गे पुलको विकल्प छैन जसले ठूला सावारीहरु जान सक्दैनन् । साविक गुगौली गाविश तथा हाल विजयनगर गाउपालिका वडा न १ मा यो गाउँ परेको छ । राजमार्गबाट भने ३ वटा खोला तरेपछी यो गाउँमा पुग्न सकिन्छ । बाटोमा जंगल खोला र केहि वस्तीहरु पर्ने भएकालो मनोरमका दृश्य पनि देख्न सकिन्छ ।

विजयनगर गाउपालिकाले यस वर्ष देखी यस गाउँमा होमस्टे निमार्ण तथा संचालनको लागि अवधारणा अघि सारेको छ । गाउपालिकाको लगानीमा यस गाउमा नमुना होमस्टे संचालन गर्ने गाउपालिका प्रमुख गोपाल थापाले बताए । उनले भने, ‘यस गाउँमा होमस्टे गाउपालिका संचालन गरेर विकास तथा गाउँका स्थानियहरुलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ’ गाउपालिकाकै विकट ठाउँ भनेर चिनिने यो वस्तीको विकासको लागि नमुना होमस्टेको योजना ल्याउनु गौरवको कुरा रहेको स्थानीय बुद्धीजिविहरुको भनाइ रहेको छ । यस वर्षदेखि नै होमस्टे निमार्णको काम सुरु हुने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र प्रसाद चौधरीले बताए । चौधरी भने, ‘यस पटक होमस्टे निर्माणको लागि २० लाख वजेट छुट्याएका छौ तर यस बजेटले मात्र पुग्दा यसलाई निरन्तरता दिने छौँ ।’ आन्तरिक र वाह्य पर्यटकलाई अकार्षित गरी स्थानीय स्तरमै आय आर्जन गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्नलाई कार्यक्रम गर्न लागेको चौधरीले बताए । पछिल्लो समय नेपाली युवायुवतीहरुको आर्कषक गन्तव्यस्थलको रुपमा नेपालकै ग्रामीण होमस्टेहरु पर्न थालेपछि यो क्षेत्रमा आवश्यकताको महशुस गरि सुरु गरिएको चौधरीले बताए ।

पहिलो पटकमा २० जना पर्यटक बस्ने होमस्टे निर्माण गरिने योजना रहेको उनले बताए । दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका होमस्टेमा पुगि पारिवारिक वातावरणमा भान्सा घरमा बसेर थारु, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाई छ । होमस्टे सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक तथा जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको बताइएको छ । गाउँमा पुग्दा जंगल पर्ने भएकोले जंगललाई व्यावस्थित बनाई बाटो किनारमा आकर्षक फुलहरु रोपेर मनोरम बनाउने गाउपालिकाको योजना रहेको चौधरीले बताए । गाउपालिकाको यो योजनालाई स्थानियहरुले स्वागत गरेका छन ।