२२ कार्तिक २०८३, आइतबार

छाडा गाईवस्तुको उद्धारलाई सजिलो बनाउन महिन्द्रा बोलेरो पिकअप प्रदान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेपालमा महिन्द्रा गाडीको एक मात्र आधिकारिक विक्रेता अग्नि ग्रुपले ‘मठमन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान’ नामक संस्थालाई महिन्द्रा बोलेरो पिकअप गाडी प्रदान गरेको छ ।

संस्थाले विभिन्न पीडित, घाइते एवम् छाडा छोडिएका जनावरहरुको उद्धार गर्दै आएको छ । गाडी हस्तान्तरण कार्यक्रम बुधबार होटल याक एण्ड यतिमा सम्पन्न गरिएको थियो । अग्नि इन्कर्पोरेटेड प्रालिका कार्यकारी प्रमुख सुजन वैद्यले महिन्द्रा बोलेरो गाडीको साँचो प्रदान गरे ।

नेपालमा वार्षिक करिव ८००० जनावर विशेष गरी साँडे एवम् बाच्छाहरु सडक तथा राजमार्गहरुमा त्यसै छोडिने गरिएको तथ्यांक छ । करिव २५००० कुकुर एवम् बिरालो सडकमा छाडा रुपमा काठमाडौँका सडकहरुमा भेटिन्छन् । यस्ता जनावरहरु खाना, पानी तथा उपयुक्त वासस्थानको कमीले गर्दा दुःख पाइरहेको अवस्थालाई मध्यनजर गरी महिन्द्राले त्यस्ता जनावरहरुको जीवन उद्धारको लागि कार्यरत सो संस्थालाई गाडी प्रदान गरेको बताएको छ ।

विगतका वर्षहरुमा सो संस्थाले जनावरहरुलाई मोटर साइकलको पछाडिको सिटमा राखी उद्धार गर्दै आएको थियो । आगामी दिनमा जनावरहको उद्धारमा महिन्द्राको गाडीको प्रयोग गरी त्यस्ता जनावरहरुलाई सहज एवम् शीघ्र रुपमा उद्धार गर्ने विश्वास अग्नि गु्रपले लिएको बताएको छ ।