
काठमाडौँ, २२ चैत । पोखरा विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।
बिहीबार भएको स्ववियु निर्वाचनमा कुल २२८० मतदाता मध्ये १७६९ ले मतदान गरेका थिए । स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सुनिल तिमिल्सिना वियजी भएका छन् ।
सचिवमा सुरज परियार, कोषाध्यक्षमा प्रकृती दवाडी विजयी भएका छन् । उपसभापति, सहसचिवसहित अधिकाशं पदमा अनेरास्ववियु विजयी भएको हो ।
यस्तै, नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट भने दुई जना सदस्य विजयी भएका छन् ।












प्रतिक्रिया