२२ कार्तिक २०८३, आइतबार

अवैध हतियारसहित दुई जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सप्तरी, २१ चैत । सप्तरी जिल्लाको कंकालिनी हनुमाननगर नगरपालिका १ स्थित कोशी व्यारेजबाट बुधबार सशस्त्र प्रहरीको टोलीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

कंकालिनी हनुमाननगर नगरपालिका ४ बस्ने ५४ वर्षिय अवदेश झा र २९ वर्षिय उमेश्वर झालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ओमप्रसाद दाहालको कमाण्डमा भारदह स्थित चेक प्वाइन्टमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

एपीएफ टोलीले भारदहबाट को २४ प. ४८०० नम्बरको मोटरसाइकलमा कोशी व्यारेजतर्फ जाँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १२ बोर बन्दुक १ नाल, त्यसमा लाग्ने टोटा ५ थान, खुकुरी १ थान र चक्कु १ थान फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद हतियार तथा मोटरसाइकलसहित स्थानीय प्रहरीमा बुझाएको छ ।