२२ कार्तिक २०८३, आइतबार

निर्माण व्यसायीले मन्त्री महासेठलाई भने–व्यवसायी र व्यवसायीका उपकरणको सुरक्षा पाउँ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ चैत । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार मन्त्री महासेठलाई भेटी निर्माण व्यवसायी र व्यवसायीका उपकरणहरुलाई पूर्ण सुरक्षा दिन माग गरेको हो । धरान सिन्धुली चतारा सडक खण्ड अन्र्तगत सिन्धुलीको हरिहरपुरगढी–५ मा रहेको अस्थायी क्याम्पमा राखिएका सवारी साधनहरुमा अज्ञात समुहबाट गत सोमबार विहान बम प्रहार गरी ठूलो क्षति पु¥याइएको महासंघले जनाएको छ ।

राष्ट्रिय गौरवको उक्त सडक खण्ड निर्माणमा रेन्केन–कालिका–स्वछन्द प्रा. लि. संलग्न रहेको छ भने क्षति पु¥याइएका सवारी साधनहरु कालिका कन्स्ट्रक्सनको नाममा रहेको छ । महासंघका अनुसार बमको छर्रा लागेर कालिका कन्स्ट्रक्सन प्रा लिको निर्माण स्थलमा काम गर्ने चितवनका विक्रम गुरुङ घाइते भएका छन् ।

साथै सूर्य कन्स्ट्रक्शन फर्मको नाममा रहेको एक्साभेटर सोही दिन गोरखाको लिवेलमा पूर्ण रुपमा ध्वस्त हुने गरी अज्ञात समुहबाट जलाइएको मन्त्री महासेठलाई महासंघले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सडक निर्माण आयोजनामा प्रयोग भइरहेका ट्रिपर, रोड रोलर, लोडर, बोलेरो जीप लगायतका सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौं मूल्य बराबरको क्षति भएको महासंघले जनाएको छ ।

‘स्थायी सरकारको गठनसँगै आर्थिक समृद्धिको परिकल्पना गरिरहेको महासंघ यस्ता आततायी घटनाको कडा शब्दमा भत्सर्ना गर्दछ’ ज्ञापन पत्रमा भनिएको छ । सिंगो निजी क्षेत्र सहित देश निर्माणमा अहोरात्र खटिँदै आएका निर्माण व्यवसायीहरुलाई पेशाबाट नै पलायन पार्ने गरि भएको यस किसिमको घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको महासंघले जनाएको छ । निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन विगतमा समेत पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएपनि यस्ता निन्दनीय घटनामा खासै कमी आउन नसकेको महासंघको भनाइ छ ।

घटनाको छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गरी बम प्रहार तथा आगजनीबाट सम्बन्धीत निर्माण कम्पनीहरुलाई भएको नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइदिन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए ।

जवाफमा मन्त्री महासेठले व्यवसायीहरुका समस्याप्रति आफू गम्भीर रहेको बताए । महासंघ तथा निर्माण क्षेत्रका अन्य सरोकारवालाहरुबीच बैठक राखी व्यवसायीहरुका समस्या दीर्घकालीन रुपमा नै समाधान गर्न पहल गर्ने आश्वासन पनि मन्त्री महासेठले दिए ।