२२ कार्तिक २०८३, आइतबार

साझा बसमा मोटरसाइल ठोक्किदा पाण्डेको मृत्यु

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ चैत । काठमाडौँमा साझा बसमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

माइतीघर–बबरमहल सडकखण्डमा विपरीत दिशाबाट आइरहेको बा ८४ प ७४६१ नम्बरको मोटरसाइकल बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख २२२८ नम्बरको साझा बसमा ठोक्किदा काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय सरत्न पाण्डेको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पाण्डेको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाउको छ । दुर्घटनामा संलग्न सवारीसाधन सहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।