२२ कार्तिक २०८३, आइतबार

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र विसंगतिलाई अन्त्य गर्न अध्यादेश ल्याइएको बताउनुभयो । उहाँले मुलुकमा विकासको अवधारणालाई सन्तुलित तुल्याउन ल्याइएको अध्यादेशबाट शिक्षा क्षेत्रमा दूरगामी महत्व रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रियसभाको पहिलो अधिवेशन मंगलबार नै राति १२ देखि अन्त्य भएको जानकारी दिनुभयो । फागुन २१ गते पहिलो बैठक बसेको राष्ट्रियसभा नौ दिन दशपटक सञ्चालन भएकामा सात घण्टा २० मिनेट चलेको जानकारी दिइयो । यो अवधिमा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्षको चयन गर्नुका साथै बैठक सञ्चालनसम्बन्धी अन्तरिम नियमावली पारित गरेको थियो । –रासस