२२ कार्तिक २०८३, आइतबार

बाल विवाह मुक्त वडा निमार्णको तयारी हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २० चैत्र । कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको वडा नम्बर २ बाल विवाह मुक्त वडा निमार्णको प्रकृयामा जुटेको छ । वडा कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले बाल विवाह मुक्त बनाउनका लागी जन मानसमा चेतना जगाउने कार्यक्रम निर्माण गर्ने योजना अगाडी बढाएको छ ।

बालमैत्री नगर घोषणाको लागी अभियान चालेको बुद्धभुमी नगरपालिकाले बाल विवाह मुक्त बाल श्रम न्युनीकरणका लागी विशेष चासोको साथ अगाडी बढेको छ । वडा कार्यालयको आयोजनामा बसेको छलफलमा बोल्दै वडाध्यक्ष भेषराज शर्मा खनालले बाल विवाह हुने पकेट क्षेत्र निर्धारण गरी सघन रुपमा कार्यक्रम लैजाने बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी विष्णुहरी आचार्यले वडामा हाल प्रेम विवाहका कारण बाल विवाह भई रहेकोले अभिभावकहरुले किशोर किशोरी अवस्थामा ध्यान दिनु पर्ने बताए । समाजसेवी नारायण प्रसाद भुसाल, पिताम्वर खनाल, कृष्णप्रसाद भट्टराई, हिमलाल न्यौपाने, शुभलाल भुसाललगायतले बाल विवाह मुक्त अभियानमा पुर्ण सहयोगका साथ सफल बनाउने बताए ।

छलफलले बाल विवाह निगरानी समिति समेत गठन गरेको छ । वडाध्यक्ष संयोजक रहेको समितिमा वडा सदस्य, थारु समुदायका वडघर, महिला स्वास्थ्य स्वयसेवीका, बाल सञ्जालका प्रतिनिधि र बडा बाल संरक्षण समिति रहने बताइएको छ । छलफलले चैत्र २२ गते बिहीबार बाल विवाह मुक्त वडा घोषणाको लागी प्रतिबद्धता गर्ने निर्णय समेत गरेको छ । नगरपालिकाका ३ वटा वडा अगिल्लो वर्ष नै वाल विवाह मुक्त घोषणा भइसकेका छन् ।