२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर दुईको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १९ चैत । हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सोमबार साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

छत ढलानका लागि फलामे रड बिच्छाउने क्रममा ३३ केभी हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिनुभयो । –रासस