२२ कार्तिक २०८३, आइतबार

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ चैत । वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन राना र २५ वर्षीय जगदीश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरुबाट धनगढी उपमहानगरपालिका–५ का नरेन्द्र शाहको घरबाट चोरी गरिएको से ४ प ६५५२ नंकोे मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । –रासस