२२ कार्तिक २०८३, आइतबार

हत्या अभियुक्त ४ वर्षपछि पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । हत्या अभियोगमा फरार रहेका एक जनालाई प्रहरीले काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको छ ।

काठमाडौँको साविक तीनथाना गाविस–९, ढुङगे अड्डामा राम थापालाई कोकको बोत्तलर फलामको रड प्रहार गरि २०७० साउन २७ गते हत्या गरेको अभियोगमा फरार रहेका गोकुल केसीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पक्राउ गरेको हो ।

बाग्लुङ्ग पयुंपाटा स्थायी घर भइ ललितपुर झरवारसी पोखरीटार बस्ने केसी हत्यापश्चात भारतमा बस्दै आएको प्रहरीले जनाएको छ । केसी भारतबाट नेपाल आएको भन्ने बिशेष सूचनाको आधारमा ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

केसीलाई कानुनी कारबाहीको लागी महानगरीय प्रहरी बृत कालीमाटी बुझाईएको छ ।