
काठमाडौँ, १८ चैत । सुन तस्करी गर्न खोज्ने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई कम्मरमा बाध्ने पेटीभित्र सुन लुकाएर ल्याउँदै गर्दा सोमबार बिहान पक्राउ गरेको हो ।
उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए । पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन् ।
केरला घर भएका भारतीयहरु नेपालको विमानस्थलमा पटक पटक सुनसहित पक्राउ पर्दै आएका छन् ।












प्रतिक्रिया