५ कार्तिक २०८३, बिहिबार

एसईईमा सहभागि परीक्षार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् ।

यो अफर यहि सोमबार (चैत्र १९) देखि लागू हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेशपत्र र आफ्नो आमा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजनाअन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजे देखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्ने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विनाकुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभलिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कलगर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्क लाग्नेछ ।

ग्राहकले एस्ट्रिक्स ५५४४ स डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

साथै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहनेछ ।

यतिमात्र हैन, एसईई परीक्षार्र्थीका लागि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र रु २० मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन् । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित मात्र रु २० मा नाइट डेटा प्याक अन्तर्गत बेलुका ११ बजे देखि बिहान७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि यो अफर अन्र्तगतको डेटाको लिन सक्नेछन् ।

एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनीनिकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजा लिन सक्नेछन् । यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागिमान्य रहनेछ ।