२२ कार्तिक २०८३, आइतबार

बेलहीयाका ट्राफिक प्रहरीहरुले जरिवानाको रसिद नदिइ रकम कुम्ल्याए

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भैरहवा, १८ चैत । भारत तर्फबाट ओभरलोड बोकेर नेपाल आएका भारतीय ट्रकहरुलाई बेलहियामा ड्यूटीमा रहेका ट्राफिक प्रहरीहरुले जरिवानाको रसिद नदिइ रकम कुम्ल्याएको तथ्य बाहिर आएको छ । एच आर ६३ ए–५२६६ नम्वरको भारतीय ट्रकको चालक सँग बेलहियामा रहेका एक जना ट्रफिक प्रहरीले भारु १५ सय रुपैया लिएर भैरहवा तर्फ पठाएका थिए ।

बेलहिया बाट छुटेको उक्त गाडीलाई भैरहवा अञ्चलपुरको चेक पोष्टमा चेकजाँचका क्रममा उक्त रहस्य बाहिरिएको हो । भारत अयोध्या नजिकै घर बताउने उक्त ट्रकका चालक देवनाथ पाण्डेयका अनुसार हरेक पटक नेपाल आउदा उनले ओभरलोड बोकेर आउने गरेको र हरेक पटक उनीसँग ट्राफिकले यसैगरी रकम उठाउने गरेको छ । ‘पैसा हरेक पटक लिन्छन तर रसिद दिदैनन्’, उनले भने, ‘उनी अगाडि भन्छन् के गर्ने पैसा नदिए हामीलाई गाडी चलाउन दिँदैनन् ।’

उता बेलहिया ट्राफिक प्रहरी इन्चार्ज डम्बर गिरीले यो कुराको खण्डन गर्दै आफू त्यस दिन बेलहियामा भारतीय ट्रकले एकजना नेपाली लाई ठक्कर दिएर मृत्यु भएकोले आफू त्यतै व्यस्त भएकोे बताए । तर, बेलहीयाको बाइपासमा भने नेपाल प्रहरी र ट्राफिक प्रहरी दुवैले चेकजाँच गर्छन् । नेपाल प्रहरीलाई भने जरिवाना काट्ने अधिकार छैन । चेक जाँच गर्ने सबै ट्राफिक प्रहरीले नै हो । ट्राफिक प्रहरीको इन्चार्जले नै म थिइन भन्ने जवाफ दिनु के उचित होला ?

यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख दक्ष कुमार बस्नेतले बेलहियामा चेकजाँच गरेर आएका भारतीय गाडीहरुलाई अञ्चलपुर चेकपोष्टमा चेक नगरिने बताएको थिए । अञ्चलपुर चेकपोष्टमा भारतीय गाडीलाइ दुःख नहोस् भनेर त्यसो गरिएको उनले बताइरहँदा उक्त ट्रकलाई अञ्चलपुर चेकपोष्टमा चेकजाँच गरिनुले विषय रहस्यमय बनेको छ ।