२२ कार्तिक २०८३, आइतबार

मदन भण्डारी पत्रकारिता पुरस्कार कोइरालालाई

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ चैत । यो वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एववं लेखक कमल कोइरालालाई प्रदान गरिने भएको छ ।

नेकपा एमाले केन्द्रीय प्रचार विभागको आइतबार बसेको बैठकले विभागले स्थापना गरेको पुरस्कार कोइरालालाई प्रदान गर्ने निर्णय गरेको सचिव विष्णु रिजालले जानकारी दिए ।

मदन भण्डारीको व्यक्तितव, रानजीतिक गतिविधि, र जनताको बहुदलीय जनवादका विषयमा विभिन्न लेखमार्फत उजागर गरेको भन्दै कोइरालाई पुरस्कार दिन लागिएको हो ।

एमाले अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार एमाले पार्टी मुख्यालय धुमबाराहीमा प्रदान गरिनेछ ।

पुरस्कारको ५१ हजार राशिको छ । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित डाक्टर महेन्द्र विष्ट र शीतल शाह सदस्य रहेको छनोट समितिले कोइरालालाई पुरस्कार दिन सिफारिस गरेको थियो ।

अघिल्लो वर्ष यो पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो ।