२२ कार्तिक २०८३, आइतबार

कर्मचारीले संघीयतालाई अझै आत्मसाथ गर्न सकेनन्: मुख्यमन्त्री पौडेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-धर्मेन्द्र दाहाल
काठमाण्डौँ, १८ चैत । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारीहरुले संघीयतालाई अझै आत्मसाथ गर्न नसकेको बताएका छन् ।
मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिल्यानास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीतन्त्रको जालोको कारण अझैपनि स्थानीय सरकारले राम्रोसँग काम गर्न नपाएको बताए ।

उनले भने, ‘उनीहरुलाई अझैपनि स्थानीय र प्रदेश तहका अधिकार कटौती गर्दै सिंहदरबार केन्द्रीत गर्ने कि भन्ने भाको छ, स्थानीय तहलाई फेल बनाउँदै अझैपनि सिंहदरबारमा अधिकारलाई केन्द्रित गर्ने खेल हुँदैछ ।’

मुलुकमा भ्रष्टाचारको जालो रहेको र कर्मचारीको सहयोगबाटनै यस्ताखाले जालो तोडन सकिने भन्दै उनले विकास र समृद्धिको अभियानमा सबैलाई एक भएर अघि बढनको लागि आग्रह समेत गरेका छन् । उनले भने, ‘सिंहदरबारमा बसेर यो मन्त्री यस्तो, ऊ मन्त्री उस्तो, मन्त्रीलाई केहि आउँदैन भनेर बस्नेहरुले आफूले पनि देशको लागि हालसम्म के दिए भन्ने पनि सोच्नु पर्‍यो नि ! आफ्नो हैसियत र मर्यादा भुल्नु भएन नि !”

प्रदेश नंबर ३ लाई नमुना प्रदेश बनाउनको लागि आफूहरुले गर्न सक्ने मात्र नीति तथा योजना ल्याउने भन्दै मुख्यमन्त्री पौडेलले विकासको लागि सबैलाई सहकार्य गर्न आग्रह समेत गरेका छन् ।