न्यूयोर्क । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको प्रमुख आथित्यमा यहि मार्च २३ तारीख २०१८ शुक्रवारका दिन सम्पन्न भएको उक्त कार्यक्रममा न्यूयार्कका बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।
प्रमुख अथितिको रूपमा बोल्दै श्रीमती शेरचनले नेपालको ईतिहाँसमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमा गिरिजाप्रसाद कोइरालालाई लिनुपर्ने कुरा राखेका थिए । उनको कद नेपालमा मात्र होइन दक्षिण एसियामा नै उँचो भएको बताउँदै शेरचनले कांग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको कुरा बताएकी थिइन् ।
बिशेष अथितिको रूपमा बोल्दै पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले प्रतिपक्षको कुरालाई, बिरोधलाई सहज ढंगले सुन्नसक्ने तागत भएको महान लोकतान्त्रिक नेताको रूपमा आफुले गिरिजाप्रसाद कोइरालालाई चिनेको कुरा बताए ।















प्रतिक्रिया