२२ कार्तिक २०८३, आइतबार

विद्यालयको कोठाबाट वडासहित ३ कार्यालय सञ्चालन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १८ चैत । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापमा रहेको हिमालयन आधारभूत विद्यालयमा वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पशुसेवा उपकेन्द्र सञ्चालन गरिएको छ ।

विद्यालयको एउटै कोठामा ३ वटा कार्यालय सञ्चालनमा छन् । वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पशुसेवा उपकेन्द्रले कामकाज गरेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिकास्थित एक वडाले विद्यालय भवनबाटै वडाको कामकाज गरेको छ । बगनासकाली गाउँपालिका–४ खानीछापको आफ्नै वडा भवन नहुँदा विद्यालयको कोठाबाट दैनिक कामकाज सञ्चालन भएको जनाइएको छ ।

साविकको गाविस भवन सानो भएको र सो भवन पनि स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टर निर्माणका लागि एक महिनाअघि हस्तान्तरण भएपछि अहिले वडाको कामकाज स्थानीय हिमालयन आधारभूत विद्यालयको भवनबाट गरिएको हो ।

वडा कार्यालय नहुँदा विद्यालयको सानो कोठाभित्रै काम गर्नुपर्ने बाध्यता रहेको वडासचिव कुलप्रसाद अर्यालले बताए ।

उनकाअनुसार विद्यालयको साना कोठाबाटै वडाको कामकाज, सिफारिस, घटना दर्तालगायतका वडाका काम गर्दा ज्यादै समस्या भएको छ ।

विद्यालयमा वडा कार्यालयसँगै एउटै कोठामा अतिरिक्त हुलाक कार्यालय र पशुसेवा–उपकेन्द्रको कार्यालयसमेत सञ्चालनमा छन्, त्यहाँसमेत सम्बन्धित कार्यालयले सेवाग्राहीलाई सेवा दिएका छन् ।

स्वास्थ्यचौकीको आफ्नै भवन नभएको हुँदा बर्थिङ सेन्टर सञ्चालनका लागि वडाले सहयोग गरेको खानीछाप स्वास्थ्यचौकीका प्रमुख राकेसकुमार यादवले बताए । विद्यालयबाटै अन्य कार्यालयले सेवा दिँदा समस्या भएको छ ।