–मिना बुढाथोकी
सल्यान, १७ चैत । कर्णाली प्रदेशलाई भुगोलका आधारमा वजेट विनियोजन गर्ने कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
जनसंख्याको आभारमा वजेट विनियोजन गर्दा सबै ठाँउको विकास सन्तुलित तरीकाले नहुने बताउदै भुगोल र आवश्यकताका आधारमा प्रदेश सरकारले वजेट विनियोजन गर्ने बताए । शनिबार सल्यानको बागचौर नगरपालिकामा भएको एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । प्रदेश सरकारले कानुन बनाउन लागेको र कानुन बनिसकेपछी सबै काम गर्न सजिलो हने उनले बताए ।
कर्णाली प्रदेशका दशवटै जिल्लासँग समन्वय गरेर आफुले तत्काललाई कामचलाउ वजेट विनियोजन गर्ने तयारीमा लागेको उनको भनाई छ । उनले भने, ‘तत्कालको लागी काम चलाउ बजेट ल्याउने तयारी भई रहेको छ, असार लगत्तै पुरक बजेट आउछ । तत्काल प्रदेशमा हुने काम कारबाहीमा समस्या नहोस् भन्नका लागि आंशिक बजेट ल्याउन थालिएको हो ।’
कर्णाली प्रदेश अन्य प्रदेशको तुलननामा निकै आत्मनिर्भर भएको दावी गर्दै मन्त्री ज्वालाले यहाँको जलस्रोत, जडिबुटि, धार्मिक एव पर्यटकीय स्थललाई प्रचार र उपयोगमा ल्याउन सके कर्णाली प्रदेशलाई आर्थिक तथा सामाजिक हिसाबले आत्मनिर्भर बन्नबाट कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘कर्णाली प्रदेशलाई विकसित गराउनको लागी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ ।’ कर्णाली प्रदेशलाई हिराको संज्ञा दिँदै मन्त्री ज्वालाले हिराको डल्लालाई सदुपयोग गर्दै प्रयोगमा ल्याउन जरुरी रहेको बताए ।












प्रतिक्रिया