५ कार्तिक २०८३, बिहिबार

नयाँ नेतृत्व चयन गर्दै सकियो जिफन्टको सातौँ महाधिवेशन

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत्र । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । चैत्र १४ देखि १७ सम्म सम्पन्न महाधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको हो ।

नयाँ राष्ट्रिय कमिटीको उपाध्यक्षहरुमा रमेश बडाल (विदेश मामिला), विदुर कार्की (योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य (आर्थिक प्रशासन), दिपक पौडेल (श्रम सम्बन्ध परिषद), जितेन्द्र श्रेष्ठ (प्रचार तथा प्रकाशन), मञ्जु थापा (ट्रेड युनियन शिक्षा), कमल गौतम (सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ (अध्यक्ष, महिला कमिटी) चयन भएका छन् । ८ जना उपाध्यक्षहरु मध्ये ७ जनाले एक–एक प्रदेशको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यसैगरी महासचिवमा जनक चौधरी, उपमहासचिवहरुमा दिनेश राई तथा पूर्णकुमारी कार्की रहेका छन् । ५ जना सचिवमा त्रिविक्रम ज्ञवाली (आर्थिक), बेली मैया घले (ट्रेड युनियन शिक्षा), निशा बानियाँ (श्रम सम्वन्ध परिषद), सुनिता थापा (महिला) तथा दामोदर सापकोटा (विदेश मामिला) चयन भएका छन् ।

राष्ट्रिय कमिटीको सदस्य रहनेगरी प्रदेश अध्यक्षहरुमा किशोर धमला (प्रदेश नं १), कमलेश झा (प्रदेश नं २), रामहरि नेपाल (प्रदेश नं ३), रुद्र बहादुर खत्री (प्रदेश नं. ४), हरि बहादुर कार्की ( प्रदेश नं. ५), तेज प्रकाश जिसी (कर्णाली प्रदेश) तथा देव बहादुर बम (प्रदेश नं ७) निर्वाचित भए ।

जिफन्टको संशोधित विधान अनुरुप घटक युनियनका अध्यक्षहरु स्वतः राष्ट्रिय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । सो अनुसार भीम ज्वाला राई (नेयास्वमसं), नरनाथ लुईंटेल (क्यूपेक नेपाल), आनन्द थामी (ह्वीन), सूर्य बहादुर कुँवर (नेस्वहोमयू), अर्जुन अधिकारी (जुगकाटेमयू), चन्द्र बहादुर थापा (नेस्वाकमयू), सुमन प्रसाद पराजुली (युनिट्राभ), महेन्द्र लाल श्रेष्ठ (ईम्प्रेशन नेपाल), चेतबहादुर सापकोटा (नेष्ट) तथा जीवन अधिकारी (नाटु) चयन भए ।

यसैगरी महिला कमिटीमा विजया खड्का, रञ्जु भट्टराई, अरुणा थापा, चन्द्रा थामी, राजकुमारी चौधरी, कमला तामाङ, माया भण्डारी, शारदा पौडेल, मिश्र कुमारी गुरुङ, शारदा पोडे, स्मृति लामा, तारादेवी पौडेल, सीता लामा तथा पम्फा देवकोटा पहारी निर्वाचित भए । जिफन्टको राष्ट्रिय कमिटीमा कुल ४१ दशमलव ६७ प्रतिशत महिला पुगेका छन् ।

जिफन्टको युवा कमिटी सन्तोष पुडासैनीको अध्यक्षतामा चयन भएको छ । यसैगरी राष्ट्रिय कमिटीको पदेन बैकल्पीक सदस्यहरुमा मचाबाबु मालाकार, नारायण अधिकारी, पूर्णचन्द्र उपाध्याय, चन्द्र सागर लामा तथा गणेश श्रेष्ठ चयन भए ।

महाधिवेशनले जिफन्टको संरक्षकमा वर्तमान अध्यक्ष विष्णु रिमाललाई चयन गरेको छ । यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष हरिदत्त जोशी प्रतिनिधि परिषद् प्रमुख चयन भएका छन् भने वर्तमान महासचिव विष्णु लम्साल केन्द्रीय अनुशासन निरिक्षण आयोगको प्रमुख भए । वरिष्ठ युनियनकर्मी सञ्जालको अध्यक्षमा केशव दुवाडी चयन भए ।

महाधिवेशनमा देशभरीका ४ सय १२ जना प्रतिनिधि सहभागि थिए । यसैगरी २३ मुलुकका ३१ वटा संगठनका ४८ जना विदेशी अतिथिहरु पनि सहभागि भए । जिफन्टमा झण्डै साढे चारलाख सदस्य छन् । स्वदेशका साथै जिफन्टले विदेशमा पनि जिफन्ट सपोर्ट ग्रुपमार्फत काम गरिरहेको छ ।