२२ कार्तिक २०८३, आइतबार

करेन्ट लागेर महिलाको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ चैत । झापाको हल्दिबारी गाउँपालिका–३ निवासी ६० वर्षीया छविमाया खड्काको शनिबार करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । –रासस