काठमाडौँ, १७ चैत । श्रीमतीको हत्या गरी फरार रहेका प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई प्रहरीले फरार भएको २४ भण्टाभित्र नै धादिङ गोगनपानी गल्छि गाउँपालिका वाड नम्बर ८ स्थित तल्लोडिलबाट शनिबार बिहान ३ बजे पक्राउ गरेको हो ।
प्रकाशले आफ्नी २३ वर्षीया श्रीमती नमुना लामा (रमिता)लाई शुक्रबार दिउँसो साढे २ वजे चन्द्रागिरी नगरपालिका १४ नैकापमा हत्या गरेर फरार भएको प्रहरीले बताएको छ । उनी नैकाप स्थित दिदी शर्मिला गुरूङको डेरामा एक महिना देखि बस्दै आएकी थिइन् । नमुनालाई अपरिचित व्यक्तिले शरिरका विभिन्न भागमा धारिलो छुरा प्रहार गरी हत्या गरेका थिए ।
प्रहरी अनुसन्धानबाट खुल्न आएका तथ्यहरु
– मृतक नमुना लामा र प्रकाश तामाङबीच करिब ६ बर्ष पहिले बैवाहिक सम्बन्ध कायम भएकोमा त्यसको ६ महिना पछि दुबै जनाको सम्बन्धमा मनमुटाव सिर्जना भई दुबैजना बीच दुरी बढदै गएको थियो ।
– दुबै जनाले एक अर्का प्रति शंका गर्ने, भेट हुने बित्तिकै झगडा भैराख्ने, नमुनाले घर परिवार प्रति बेवास्ता गर्ने, घर छोडी बाहिरै बस्ने गरेकी थिइन् ।
– नमुनाले अन्य केटाहरुसँग बढी फोन सम्पर्क गर्ने, आएका फोन नम्बरहरु डिलिट गरी फाल्ने, बाहिरी केटाहरुको मोटर साइकलमा घुम्ने, कसलाई फोन गरेको भनि सोधपुछ गर्दा झैझगडा गर्ने, डिभोर्सको कुरा निकाली बिवाद बढाउने थिइन् ।
– त्यहि विवादका कारण प्रकाश २०७३ साल तिर बिष सेवन गरी अस्पताल भर्ना समेत भएका थिए ।
– प्रकाशका अनुसार झगडा गरी श्रीमती नमुना लामा एक महिना अगाडी देखि आफ्नी दिदी शर्मिला गुरूङको कोठा नैकापमा गई बसेकीले बारम्बार नैकाप गई श्रीमतीलाई घर बोलाउने गरेका थिए ।
– शुक्रबार १२ बजे तिर प्रकाश पुनः श्रीमती भेट्न नैकाप उनीहरुबीच बिवादपछि हात हालाहालको अवस्था समेत आएको थियो ।
– सो क्रममा प्रकाशले भान्सामा भएको फलामको धारिलो छुरी ल्याई श्रीमतीको कोखा, पेट, ढाडमा प्रहार गरी सो छुरी तेही बाटोमा छोडी भागेका थिए ।












प्रतिक्रिया