२२ कार्तिक २०८३, आइतबार

लामिछानेको चार कठ्ठा जमिन मैले खोसेको होइनः गौतम

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । जग्गा कारोबारी एवम् हेटौँडा निवासी होमनाथ गौतम गौतमले चितवनका भोजराज लामिछानेको चार कठ्ठा जग्गा आफूले नखोसेको दाबी गरेका छन् ।

गौतमले लामिछानेको जग्गा कब्जा गरेको सम्बन्धमा चैत १४ गते दैनिक नेपाल डटकममा प्रकाशित भएको थियो ।

‘मेरो नाम जोडेर प्रकाशित भएको समाचारप्रति गम्भीर आपत्ति छ’, गौतमले खण्डनमा भनेका छन्, ‘समाचारमा उल्लेख गरिएको घटना र व्यक्तिसँग मेरो कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दछु ।’

‘तपाइको जिम्मेवार संचारमाध्यमले व्यक्तिगत आरोप लगाई मेरो मानमर्यादा र सामाजिक जीवनमा समेत हानी पुर्याएको छ’, गौतमले भनेका छन् ।

गौतमका कारण जग्गा अर्कैको नाममा पुगेको थाहा पाएपछि लामिछानेको परिवार अदालतमा पुगेको छ ।

बैंकको कालो सूचीमा रहेका भू–माफिया गौतमको चितवनमा ठगी धन्दा