३१ आश्विन २०८३, शनिबार

जापानमा साँगितिक धमाकाः कुलेन्द्र र रिताले नचाउने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जापान। चर्चित लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन् । जापानको राजधानी टोकियोमा यही १५ अप्रिल आइतबारका दिन हुन गईरहेका रङ्गिन साँझ कार्यक्रममा साँगितीक प्रस्तुती दिनका लागि लोकगायक बिक र गायिका केसी जापान आउने भएका हुन् ।

नयाँ वर्षको अवसर पारेर रङ्गिन संसार डटकमले टोकियाको नाकनो जेरो हलमा आयोजना गरेको उक्त कार्यक्रममा लोकगायक बिक र गायिका केसीको बेजोड साँगितिक प्रस्तुती रहनेछ । पहिलो पटक जापान आउने तयारीमा रहेका लोकगायक बिकले आफू निकै उत्साही रहेको र कार्यक्रम भव्यताका साथ सम्पन्न हुनेमा बिश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

यस्तै दोस्रो पटक जापान आउने तयारीमा रहेकी गायिका केसीको फेसबुकमा, जाउला कान्छी , बिन्दास पारामा लगायतका लोक, आधुनिक तथा फिल्मी गरि दर्जनौं गीतहरु बजारमा आइसकेका छन् ।

रङ्गिन साँझमा जापानमै रहेका गायक तथा सङ्गितकार रामकृष्ण बम मल्ल, गायक सुर्य खड्का र युवराज आचार्यको समेत बिशेष साँगितिक प्रस्तुती रहेन आयोजक संस्था रङ्गिन संसार डटकमका मुक्ति सुवेदीले जानकारी दिए ।

रङ्गिन संसार डटकमको आयोजना गर्न लागेको यो साँसगतीक कार्यक्रम दोस्रो हो । नेपाली नयाँ वर्षको अवसरमा आयोजित उक्त साँगितिक कार्यक्रममा सहभागी भई भरपूर्ण मनोरञ्जन लिनका लागि जापानवासी सबै नेपालीहरुलाई आयोजकले बिशेष आग्रह समेत गरेको छ ।