
काठमाडौं, १६ चैत । नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सय दिनभित्र आधा दर्जन विमान खरिदको प्रक्रिया थालनीदेखि विमानस्थलको एयरट्राफिक हटाउनेसम्मका योजना अघि सारेका छन् ।
शुक्रबार मन्त्री बनेको हनिमुन समयभित्रका आफ्ना कार्ययोजना उनले सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुधारका योजना उनको प्राथमिकतामा परेका छन् । विमानस्थललाई कम्तिमा २१ घन्टा नियमित सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
विमानस्थलमा लगेज ढिलो आउने गुनासोलाई सम्बोधन गर्दै बढिमा एक घन्टाभित्र यात्रुको हातमा पुर्याउने व्यवस्था हुने अधिकारीले बताए । अन्तर्राष्ट्रिय टर्मिनलमा सेन्ट्रल एसी सिस्टम र डोमेस्टिकमा एसीको व्यवस्था गर्ने उनले बताए । आन्तरिक उडानलाई सार्ने योजनासहित उपस्थित भएका अधिकारीले त्यसका लागि काभ्रेको ठूलीचौरसँगैका विभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिने बताए ।
आन्तरिक उडानलाई विस्तार गर्नका लागि नेपाल वायु सेवा निगमको ६ वटा विमान खरिद गर्ने प्रक्रिया पनि थालिने उनको योजनामा छ । अहिले निगमसँग ८ वटा विमान छन् ।















प्रतिक्रिया