२२ कार्तिक २०८३, आइतबार

टिपर दुर्घटनामा एकको मृत्यु,चार घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रामपुर, १५ चैत । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हँुदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपरमा रहेका अन्य चार घाइतेको उपचार भइरहेको छ । सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्रु सवार थिए । –रासस