
काठमाडौँ, १५ चैत । काठमाडौँमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान सवा ६ बजे काठमाडौँको बसुन्धारामा बा २ क ३४०२ नम्बरको ट्रिपरले बा १ ज ३९७५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्सीमा सवार बसुन्धारा बस्ने १६ वर्षीय अजित श्रेष्ठको रहेका छन् ।
घाइते श्रेष्ठको उपचारको क्रममा त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा पौने ८ बजे मृत्यु भएको हो ।
दुर्घटनाका गम्भीर घाइते ट्याक्सी चालक २७ वर्षीय विनोद मगरको चिरायु अस्पताल बसुन्धारामै उपचार भइरहेको छ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।












प्रतिक्रिया