२२ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ चैत । यहाँ दुई छुट्टाछुट्टै स्थानमा बुधबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ना ४ ख ८३५७ नं.को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको मे ९ प ७६१७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई–४ झुर्कियाका सन्तोष ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

मोटरसाइकलको पछाडि सवार झापा बिर्तामोड–८ का सन्तोष राजवंंशी भने गम्भीर घाइते हुनुभएको छ । यस्तै सुन्दरहरैंचा नगरपालिका–५ स्थित डिपु–केराबारी सडकखण्डमा को २ त ४३४२ नंको ट्रयाक्टरबाट लडेर बेलबारी नगरपालिका–६ बाहुनीका सन्तोष ऋषिदेवको मृत्यु भएको छ । –रासस