२२ कार्तिक २०८३, आइतबार

प्रदेश २ को आर्थिक कार्यविधि पारित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नम्बर २ को प्रदेश सभा भवन । तस्विरः रासस

धनुषा १४ चैत । प्रदेश नं २ मा प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) बुधबार पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कायविधि (विधेयक) पेस गरेका थिए । प्रदेशसभामा सो विधेयक उपर मंगलबारदेखि चलेको छलफलबाट बुधबार प्रदेशसभा बैठकले पारित गरेको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिए ।

यससँगै अब प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । –रासस