२२ कार्तिक २०८३, आइतबार

प्रदेश ७ का मुख्य न्यायाधिवक्ताले शपथ लिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, १४ चैत । प्रदेश नं ७ का नवनियुक्त मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले शपथ लिएका छन् । बुधबार उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्य न्यायाधिवक्ता उपाध्यायलाई शपथ गराइएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा हालै उपाध्यायलाई प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ का मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । –रासस