२२ कार्तिक २०८३, आइतबार

नेतृत्व परिवर्तनको विकल्प छैन : नेता सिंह

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १४ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको बताउनुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्ने बताउनुभयो ।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भन्नुभयो, “अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।” –रासस