३१ आश्विन २०८३, शनिबार

साईप्रसमा पहिलो पटक नेपालीका लागि सेफ हाउस स्थापना गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निकोसिया । युरोपेली मुलुक साईप्रसमा पहिलो पटक नेपालीहरुका लागि सेफ हाउस (सुरक्षीत घर) स्थापना हुने भएको छ ।

साईप्रसमा रहेका नेपाली समुदायहरुलाई बेलाबखतमा पर्दै आएको समास्यालाई मध्य नजर गर्दै नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरअवसीय नेपाली सघं साईप्रसको आयोजनामा पहिलो पटक सुरक्षीत घर स्थापनार्थ सांगितिक धमाका गर्ने भएको हो ।

राजधानी निकोसीयास्थित त्रिकिस प्यालेसमा सघंले यही आउदो अप्रिल ८ तारिखमा संगितिक धमाका गर्न लागेको हो ।

प्रवासमा नेपाली समुदायहरुको कला र लोक संस्कृतिको संरक्षण,सम्बद्र्धन एवं यहाँ रहेका नेपालीमा अकास्मात पर्न आएको समास्यालाई समाधान गर्न, सेफ हाउस स्थापनाका लागि सहयोगार्थ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सघंका अध्यक्ष सुबास मल्लले जानकारी दिए ।

नेपाली बाणिज्य दूतावास साईप्रसको संरक्षकत्व एवं साईप्रसमा क्रियाशील नेपाली संस्थाहरुको सहआयोजनामा कार्यक्रम गर्न लागिएको छ ।

सेफ हाउस स्थापर्नाथका लागि गर्न लागिएको यस कार्यक्रममा नेपालको चर्चित रियलिटी सो नेपाल आईडियलका सागर आले मगर, हिमालया ईन्टरनेशनल अर्वाड २०१७ का बिजेता दीपक राई, लोक गायक वि.वि मल्ल लगायत साईप्रसमा रहेका केही नेपाली कलाकारहरुको बेजोड प्रस्तुति गरिने अध्यक्ष मल्लले जानकारी दिए ।