भरतपुर, १४ चैत । चितवन जिल्लामा भू–माफिया होमनाथ गौतमको ठगी धन्दा बढ्दै गएको छ । ‘ए’ क्लासको ठेकेदार बताउने गौतमका कारण दर्जनौँ परिवार सडकमा आउनेस्थिती उत्पन्न भएको पीडितहरूले बताएका छन् ।
गौतम मकवानपुरको हेटौँडा उपमहानगर पुष्पलाल स्मृति पार्क नजिकै बस्दै आएका छन् । चितवन, कास्की, मकवानपुर र बारा लगायतका जिल्लाका सर्बसाधरणहरू गौतमसँग ठगिने क्रम बढेको हो । भू–माफिया गौतमका कारण चितवन जिल्ला भरतपुर महानगरपालिका ५ यज्ञपुरीका भोजराज लामिछानेको चारकठ्ठा जमिन खोसिएको छ । गौतम लगायतका भू–माफियाहरूले भोजराजको नाममा रहेको चितवन जिल्लाको साविक कल्याणपुर ५ ‘क’ को कित्ता नं. ११८८ को ०–१–१०–० र कि.नं. ११९६ को ०२–१०–० गरी जम्मा चार कठ्ठा जग्गा दृष्टिबन्धकको नाममा हडपेका हुन् ।
गौतम लगायतका भू–माफियाहरूले सुरुमा पोखरा महानगरका नवराज गुरुङको नाममा जग्गा पास गर्न लगाएकोमा पछि सो जग्गा ठेकेदार होमनाथ गौतमका कर्मचारी र्इश्वर डोटेल हुँदै हेटौँडाका केशव श्रेष्ठको नाममा पु¥याएका छन् । माफिया गौतमले एकपछि अर्को गर्दै लामिछानेको जग्गा जग्गा मालिक लामिछानेलाई थाहै नदिई चार जना ब्यक्तिको नाममा नामसारी गरी सकेका छन् ।
जग्गा अन्य व्यक्तिको नाममा गईसकेको थाहापाएपछि भोजराज लामिछानेका श्रीमती विन्दु लामिछाने र उनका ३ छोरीले जिल्ला अदालत चितवनमा मुद्धा समेत दिएका थिए । अदालतबाट भू–माफियाहरूकै पक्षमा केशव श्रेष्ठको नाममा रहेको जग्गा विन्दु लामिछानेको हकभोक नलाग्ने फैसला भएपछि अहिले सो मुद्धा पुनरावेदन अदालत हेटौँडामा पुगेको छ ।
लामिछाने परिवारलाई केही लाखको प्रलोभनमा पारी भरतपुर क्यान्सर अस्पताल पछाडिको करोडौँ मूल्य पर्ने सो जग्गा हडप्ने भू–माफिया गौतमले अन्य सोझासिधा सर्वसाधारणहरूलाई पनि आफ्नो निशाना र शिकार बनाउने गरेको खुल्नमा आएको छ ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको नाममा दर्ता रहेको अर्घाखाँची जिल्लाको नरपानीमा बन्द अवस्थाको ढुंगा खानी देखाउँदै गौतमले पोखरा लगायतका स्थानका सर्वसाधारणसँग करोडौ रकम उठाई झ्वाम बनाएको पीडितहरूको भनाइ छ ।
बैंकको कालो सूचीमा परिसकेका भू–माफिया गौतमले सर्वसाधारणलाई आफ्नो पञ्जामा फसाउने गरेको पीडितहरूको गुनासो छ । पीडितहरूले भू–माफिया गौतमलाई कारबाही गर्न माग गरेका छन् ।
भू–माफिया गौतमद्वरा पीडित पोखरा महानगरकी सुजा महतले उनलाई कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।
गौतम मिटरब्याजको धन्दामा समेत सामेल रहेको खुल्न आएको छ । बैंकबाट कालो सूचीमा परेका गौतमले आफ्ना चौलागाई थरका भान्जा र सहयोगीहरूमार्फत मिटर व्याजमा पैसा लगानी गर्ने गरेको स्रोतले जनाएको छ ।













प्रतिक्रिया