३१ आश्विन २०८३, शनिबार

अमेरिकाबाट टेलिभिजन कार्यक्रम ‘यु स्टार्ट अगेन’ सुरु गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस । नेपालमा लामो समय प्रशारण पत्रकारितामा संलग्न रहेका पत्रकार सूर्य थापाले अमेरिकाबाट नयाँ टेलिभिजन कार्यक्रम ‘यु स्टार्ट अगेन’ सुरु गर्ने भएका छन् ।

आइतबार ड्यालसको युलेसमा आयोजित विशेष कार्यक्रममा थापाले अमेरिकामा रहेका नेपाली समुदायको उतार चढाव, प्रगति, उन्नतिका विषय समेटेर यु स्टार्ट अगेन सञ्चालन गर्न लागेको जानकारी दिए ।

अमेरिकामा रहेका प्रवुद्ध नेपाली समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा थापाले कार्यक्रम सुरु गर्नुपर्नाको पृष्ठभूमिका बारेमा उल्लेख गर्दै भने, अमेरिकामा रहेका नेपालीहरुको आमुल परिवर्तन त गर्न सक्दिन, तर हाम्रो समुदायले गरेका, भएका कामहरुका बारेमा भने मिडिया मार्फत सार्वजनिक गरेर अरुलाई पनि उत्प्रेरणा भने दिने काम गर्नेछु ।’

आफ्नो कार्यक्रमले अमेरिकामा रहेका नेपाली समुदायलाई मात्र नभएर विश्वभरि छरिएर रहेका नेपालीलाई समेत जोड्ने बताए ।

कार्यक्रममा मुख्य आकर्षणको केन्द्रबिन्दु भएका राजेश हमालले अबको दुनियामा सूचना, सत्य र तथ्यलाई समेत समावेश गर्दै मानवीय पक्षलाई समेत समेटेर टेलिभिजन शो सञ्चालन गर्न सुझाव दिए ।

‘नेपालमा सूर्यजीले बनाउनुभएको छवी र यहाँ अमेरिका आएर पनि विगत आठ वर्षदेखि देखाउनु भएको सकृयताले गर्दा यहाँ पनि कार्यक्रम सफल बनाउनुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ हमालले शूभकामनाको क्रममा भने ।

अमेरिका तीनसय वर्ष अघि पनि ‘ल्याण्ड अफ इमिग्रेन्ट’ थियो र अहिले भने रहेको उल्लेख गर्दै हमालले भने–‘यो ठाउँमा सबैले आफ्नो क्षमता देखाउन पाउँछन् । त्यही भएर सबै जना आकर्षित भएका हुन् ।

कार्यक्रमका सभापती नेपाल सरकार परराष्ट्र मन्त्रालयका सल्लाहकार तथा एनआरएन अमेरिकाका पूर्ब अध्यक्ष खगेन्द्र जिसीले बाहिर रहँदा नेपालीहरुमा आइडेन्टीको समस्या देखिएको उल्लेख गर्दै यु स्टार्ट अगेनले त्यो समस्या समाधान गर्नमा सहायक सिद्ध हुने आशा व्यक्त गरे ।