५ कार्तिक २०८३, बिहिबार

कतार एयरवेजद्वारा ग्रिसको थेस्सालोनिकीमा उडान प्रारम्भ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत्र । कतार एयरवेजले ग्रीसको दोस्रो ठूलो शहर थेस्सालोनिकीमा उडान प्रारम्भ गरेको छ । कतार एयरवेज नेपालका कन्सुल बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक जयप्रकाश नैयरको उपस्थितीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एयरवेजले उडान प्रारम्भको जानकारी गराएको थियो ।

सो कार्यक्रममा जयप्रकाश नैयरले एयरलाइनको मजबूत विस्तार योजनाहरुलाई पनि उल्लेख गरेका थिए । साथै नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने र थेस्सालोनिकीलाई दोहाको प्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए) मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

“ग्रीसको हाम्रो दोस्रो गन्तव्य थेस्सालोनिकीमा हाम्रो ४ साप्ताहिक उडान सेवा सुरु गर्न निकै उत्साहित छौँ । एथेन्समा ३ दैनिक उडानसँगै हामीले ग्रीसमा बढ्दो मागको महशुस गर्‍यौँ र थेस्सालोनिकी भन्दा अरु राम्रो ठाउँ कुन हुनसक्छ र ?” नैयरले भने ।

कतार एयरवेजले २०१७/१८ मा अकल्याण्ड, न्यूजील्याण्ड, डबलिन, आयरल्यान्ड गणतन्त्र, नीस, फ्रान्स, प्राग, चेक गणतन्त्र, चियाङ माई, थाइल्याण्ड र पेनाङ, मलेसियाजस्ता नयाँ रोमाञ्चक स्थलहरू आफ्नो नेटवर्कमा थपेको छ । एयरलाइन्सले विस्तार योजनाअन्तर्गत २०१८ मा कार्डिफ, बेलायत र मालागा, स्पेनसहित धेरै गन्तव्यहरू आफ्नो विश्वव्यापी मार्गमा थप्ने प्रक्रिया जारी राख्ने बताएको छ ।