
-मिना बुढाथोकी
सल्यान, १३ चैत । सल्यानका दुई वटा गाउँपालिकाका जनप्रतिनिधिहरुले बालमैत्री योजना तर्जुमा तथा लगानिका लागि साझा प्रतिवद्धता तयारी तथा हस्ताक्षर गरेका छन । दार्मा र कुमाख गाउँपालिकाका जनप्रतिनिधिले बालअधिकारको संरक्षणसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यवस्था र स्थानीय सरकारको भूमिका विषयक तालिमको समापन कार्यक्रममा प्रतिवद्धतासहितको हस्ताक्षर गरे ।
तालिममा दुईवटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सहायक महिला विकास निरीक्षक गरी २१ जनाको सहभागिता रहेको थियो ।
बालअधिकार संरक्षण र प्रवद्र्धन सम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय नीति तथा व्यवस्था, स्थानीय तहको योजना प्रक्रियामा बालबालिकाको सहभागिताको महत्व र बालबालिकाको क्षेत्रमा लगानिको विषय, नेपालको संविधान २०७२ मा भएका वालवालिका सम्वन्धी मूलभूत व्यवस्थाहरु, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वाल संरक्षणका विषयमा स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।












प्रतिक्रिया