काठमाडौँ, १३ चैत । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर निष्काशन गर्न सानिमा क्यापिटलसँग सम्झौता गरेको छ । सो वित्तीय संस्थाले सानिमा क्यापिटलसँग सम्झौता गरी २ करोड ४० लाख रुपैँया बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
संस्थाले सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी ८ करोड पुग्नेछ । हाल वित्तीय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखामार्फत करिब ६५०० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया