२२ कार्तिक २०८३, आइतबार

एसईई परीक्षा दिन गएकी गौरीको रहस्यमय मृत्यु

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : नन्दु खनालको फेसबुकबाट

काठमाडौँ, १३ चैत । सुर्खेतमा एसईई परीक्षामा सहभागी एक छात्राको रहस्यमय मृत्यु भएको छ ।

पंचपुरी नगरपालिकाको बाबियाचौर केन्द्रबाट एसईई परीक्षामा सहभागी सालकोट निवासी १७ वर्षकी गौरी रोकायको शव मंगलबार बिहान उनकै कोठामा भेटिएको हो ।

झुलभित्र सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो । घटनामा रहस्यम भएको भन्दै बावियाचौर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उनको टाउको र खुट्टामा चोट लागेको दाग देखिएको छ ।