२२ कार्तिक २०८३, आइतबार

फेवातालमा अलपत्र परेका सात जनाको सशस्त्रद्वारा उद्वार

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ चैत । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ७ लेकसाइड स्थित फेवातालमा हावाहुरीले अलपत्र परेका सात जना आन्तरिक पर्यटकहरुको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उनीहरु फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीको कारणले अलपत्र परेका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली तत्कालै उद्वार कार्यमा खटिएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको होे ।

उद्वार गरिएकाहरुमा काठमाडौंका २० वर्षीया सृजना गुरुङ्ग, वर्ष २४ की जेशिका कार्की, २७ वर्षकी ममता तामाङ, २२ वर्षकी दिक्षा कार्की, २३ वर्षकी एन्जीला श्रेष्ठ, २३ वर्षकै एन्जीला सुवेदी र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका २६ बस्ने वर्ष २१ का सुमन मल्ल रहेका छन् ।