२२ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । देशका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा आइतबार पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ, पाँचथर, धादिङ, नवलपरासी र मकवानपुरमा भएका सवारी दुर्घटनमा उनिहरुको मृत्यु भएको हो ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ स्थित सडकखण्डमा बाटो बनाउदै गरेको ग्रेडरले मातातिर्थ बस्ने बाजुरा बुढीनन्द नगरपालिका–५ कोल्टी घर भएकी २५ वर्षीया जुनु मल्ललाई ठक्कर दिदा मृत्यु भएको छ । गम्भीर घाइते भएकी मल्लको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पाँचथरको हिलिहाङ गाउँपालिका–७ तिनधारे स्थित भित्री सडकखण्डमा बा.२ क ६६८३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा महोत्तरी वर्दिवास घर भएका ४० बर्षीय उमेश सिंहको घटनास्थलमै मृत्यु भएका छ भने ट्रक चालक २६ बर्षीय शिव महरा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा पठाइएको छ ।

धादिङ्ग थाक्रे गाउँपालिका– ७ स्थित त्रिभुवन राजपथमा बा.२क १८०३ नम्बरको टिपर सडकबाट तल खसेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २७ बर्षीय बिकास तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–४ महलपोखरी स्थित भित्री सडकखण्डमा लु.२त ७८०४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३१ बर्षीय सम्मर तामाङ घाइते भएकोले उपचारको लागि देवदह मेडिकल कलेज भलुही पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ तिनताप्के स्थित पूर्व–पश्चिम सडकखण्डमा ना.६ख ८८३४ नम्बरको बसले बा.५०प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक नेवारपानी बस्ने २८ बर्षीय जनम गोलेको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकोले उपचारको लागि हेटौडा अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।