१३ कार्तिक २०८३, शुक्रबार

एमालेको तयारी पूरा, माओवादीको बाँकी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ११ चैत । चैत २३ अघि नै पार्टी एकता गर्दा पनि एमाले आन्तरिक रूपमा तयारी अवस्थामा छ। तर, माओवादीको भने तयारी देखिँदैन ।

एमालेले पार्टी संगठनको सदस्य संख्या, कमिटीको आकार, नेता-कार्यकर्ताको कमिटीलगायत सबै चुस्त/दुरुस्त तथ्यांक तयारी अवस्थामा राखेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तर, माओवादीको अहिलेसम्म पनि सदस्य संख्या र पार्टी कमिटीको संख्यादेखि नेता-कार्यकर्ताको जिम्मेवारी कसको कहाँ भन्नेसम्मको तथ्यांक केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला तहसम्म पनि छैन।

‘अब प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता माओवादीको तयारी पुग्यो भने र एकता प्रक्रियामा नेताहरूको व्यवस्थापनदेखि अन्य प्राविधिक पक्षहरू मिल्यो भने सम्भव देखिन्छ,’ माओवादीकै अर्का एक नेताले अन्नपूर्णसँग भने, ‘एमालेको करिब तयारी भइसकेको देखिन्छ, हामी माओवादीको बाँकी छ।’

एमाले नेता वेदुराम भुसाल एमालेको संगठनात्मक संरचना तयारी अवस्थामा रहे पनि कार्यदलमा सरसर्ती काम सकिए काम टुंग्याउन सकिने तर एउटै विषयमा अल्झिए लम्बिन पनि सक्ने बताए।

शनिबारको माओवादी केन्द्रीय कार्यालयको बैठक एकताका लागि आन्तरिक संगठनात्मक तयारीमा केन्द्रित भएको नेता मणि थापाले बताए। माओवादीले सरकारमा सहभागी नेताहरूको कार्यव्यस्ततालाई ध्यान दिँदै प्रदेशको जिम्मेवारीबाट मुक्त गर्दै नयाँ नेतालाई जिम्मेवारी दिएको छ।

‘यो जिम्मेवारी पार्टी एकतामा आन्तरिक पार्टी संरचनाको तयारीका लागि गरिएको कार्यविभाजन हो,’ अर्का माओवादी नेता गणेश शाहले भने, ‘अब उहाँहरू (प्रदेश इन्चार्ज)ले पार्टीको प्रदेश कमिटीको आन्तरिक छलफल बैठक दुई÷तीन दिनभित्र राखेर प्रदेश र जिल्लाको तयारी गर्नुहुनेछ।’

माओवादीले प्रदेश १ मा राम कार्की, २ विश्वनाथ शाह, ३ हितमान शाक्य, ४ हितराज पाण्डे, ५ मणि थापा, ६ जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ। माओवादीले १५ चैतमा केन्द्रीय सचिवालयको बैठकसमेत बोलाइसकेको छ।