२२ कार्तिक २०८३, आइतबार

सेनाकै परीक्षामा नक्कली परीक्षार्थी !

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० चैत । विद्यालय तथा क्याम्पसस्तरका परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएका घटना बेला बेला सार्वजनिक हुने गर्छन् । तर, शनिबार काठमाडौँमा अहिलेसम्मकै नयाँ घटना भएको छ ।
सरकारी जागिरका लागि लिइएको परीक्षामा पनि नक्कली परीक्षार्थी भेटिएका छन्–त्यो पनि कडा अनुशासनमा बस्नुपर्ने सेनाकै परीक्षामा
नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला परेका हुन् । यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् ।

शनिबार काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् । प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षर्थीलाई नियन्त्रणमा लिएको छ । आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् ।

उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको पोखरेलले बताए । कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।