काठमाडौं, १० चैत । नवनियुक्त मन्त्रीहरू यतिवेला धमाधम मातहातका कर्मचारीसँग ब्रिफिङ् लिन व्यस्त छन् ।
उनीहरूले ब्रिफिङ लिने र बधाई थाप्ने काम गरिरहेका छन् । कतिपय मन्त्रीले त सचिवको व्रिफिङ सुनेपछि त्यो भनेको के हो ? भनेर सोध्ने गरेको स्रोतको दाबी छ । मन्त्रालयकै बारेमा उनीहरुलाई प्राविधिक ज्ञान समेत नभएको बुझिएको छ ।
हुन त प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारमा दुई चारजना मन्त्रीहरु अनुभवी छन् । तर, कतिपय नयाँ अनुहारमा भने अझैपनि ज्ञानको कमी देखिएको सिंहदरबारभित्रका कर्मचारीहरुले गाँईगुँई कुरा गर्न थालेका छन् ।
मन्त्रीहरूको यो पारा देखेपछि कर्मचारीहरूले हेप्ने खतरा बढेको छ । यही पाराले कसरी मुलुकले समृद्धि हाँसिल गर्ला त ? भन्ने चर्चा उठिरहेको छ ।












प्रतिक्रिया