५ कार्तिक २०८३, बिहिबार

कैलाश हेलिकप्टरले पायो अनुमति, शनिबारदेखि उडान

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ ।

एओसी पाएसँगै कम्पनीले चैत १० गते शनिबारदेखि व्यावसायिकरुपमा सेवा प्रदान गर्ने आज विज्ञप्तिमार्फत जनाएको हो ।

कम्पनीले करिब एक महिनाअघि एयरबस कम्पनीको फ्रान्समा निर्मित हेलिकप्टर ल्याएको थियो । यो हेलिकप्टर २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । साथै निकट भविष्यमा नेपाली आकाशमा आन्तरिक उडानतर्फ अर्को एक जहाज थप गर्ने कम्पनीले जनाएको छ । स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने बताइएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको प्रवद्र्धनमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगी लगायतको लगानी रहेको विज्ञप्तिमा भनिएको छ । रासस