२२ कार्तिक २०८३, आइतबार

‘सीमा समस्या स्थानीय स्तरमा सुल्झाउनु उचित’

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ९ चैत । पूर्व उपराष्ट्रपति परमान्द झाले नेपाल–भारत सीमा समस्या स्थानीयस्तरको समझदारीमा सुल्झाउँदा प्रभावकारी हुने बताएका छन् ।

नेपाल भारत मैत्री समाज भैरहवाले शुक्रबार गरेको छलफलमा झाले भने, ‘राजनीतिक र अन्य समस्या केन्द्रीय तहबाट समाधान हुन्छ । तर वारीपारीका साना तीना समस्या सीमा वारीपारीका संघसंगठनको सम्वाद र छलफलबाट समाधान गर्नु प्रभावकारी हुन्छ । ’

झाले बेलहिया भैरहवामा रहेको नेपाल–भारत मैत्री समाजले धेरै नै राम्रा र महत्वपूर्ण कार्य गरेको भन्दैं प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा नेपाल भारत मैत्री समाजका केन्द्रीय अध्यक्ष प्रेम लस्करीले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली पक्षमाति कहिलेकाहि अप्ठेरोे पार्नेगरी व्यवहार गर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्न नेपाल स्थित भारतीय राजदूतावासलाई दबाब दिने बताए ।