२२ कार्तिक २०८३, आइतबार

लहान विस्फोट : यी हुन् ६ गम्भिर घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ९ चैत । सिरहाको लहान नगरपालिकाको सुनचाँदी पसलमा शुक्रबार दिउँसो भएको बम विस्फोटका ६ घाइतेको अवस्था गम्भिर रहेको छ । लहानस्थित दुर्गा मन्दिरको पश्चिमतर्फको विकास ट्रेडर्समा कुकर बम बिस्फोट भएको थियो ।

७ वर्षका बालकसहित सर्वसाधारण घाइते भएका थिए । एक युवकले छाडेको झोलामा रहेको सामान केही छिनपछि विष्फोट भएको पसलका सञ्चालक विकास सारडाले बताए ।

विस्फोटमा परी सारडासहित उनका भाइ राहुल सारडा, सुनपसलका कर्मचारीहरू अस्मिता चौधरी, बिनिता चौधरी घाइते छन् ।

ग्राहक देवकुमारी यादव र उनका ७ वर्षीय छोरा सतिस यादव घाइते भएका छन् । घाइतेहरूको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी घाइतेहरू माधोपुरका बबिता यादब र सप्तरी सुरूंगाकी मोनिकादेवी रामको लाहान स्थित अर्को अस्पतालमा उपचार भइरहेको छ ।

सिरहाका प्रहरी प्रमुख शेखर कोइरालाले बम राख्ने युवकको खोजी कार्य जारी रहेको बताएका छन् ।